क्रिकेटर अश्विन बने वर्ष खेलाडी
पुस–७ । भारतीय क्रिकेट बलर (स्पीनर) रविचन्द्र अश्विनले आइसीसी क्रिकेटर अफ दी इयर २०१६ को उपाधि जितेका छन् ।
उनले सर गरफिल्ड सोभर्स ट्रफी जित्नुका साथै आईसीसी टेस्ट क्रिकेटर पनि बनेका छन् । यो उपाधि जित्ने आश्विन भारतबाट तेस्रो खेलाडी हुन् भने विश्वको १२ औँ क्रिकेटर बनेका छन् । यसअघि भारतबाट राहुल द्रविड (२००४) र सचिन तेन्दुल्कर (२०१०) ले जितेका थिए ।
यस्तै इङ्ल्याण्डका अलास्तेयर कुकलाई आईसीसी टेस्ट राष्ट्र २०१६ को उत्कृष्ट कप्तानबाट सम्मान गरिएको छ । भोटिङ समय उनको टोलीले भारतसँगको नराम्रो हार व्यहोर्नु अघि नै समाप्त भइसकेको थियो ।
अश्विनले ८ टेस्ट खेलमा ४८ विकेट लिएका थिए भने ३३६ रन बनाए । यस्तै टी–२० को १९ खेलमा २७ विकेट लिएका थिए ।
आइसीसी क्रिकेटर अफ दी इयर २०१६
रविचन्द्र अश्विन