समाज

दश हजार शिक्षकले सम्पत्ति विवरण बुझाएनन्

दश हजार शिक्षकले सम्पत्ति विवरण बुझाएनन्
पुस–७ । गत आर्थिक वर्षमा १० हजारभन्दा बढी शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । विद्यालय शिक्षक किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले कुल शिक्षक ८२ हजार ६९८ मध्ये १० हजार १५९ शिक्षकले सम्पत्ति विवरण नबुझाएका बताए । उनका अनुसार ७२ हजार ५३९ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएका छन् । उनका अनुसार निर्धारित समय गत भदौ मसान्तसम्म सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी डडेल्धुराका पाँच सय ८६ र कम मनाङका १४ शिक्षक छन् । सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेकाहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही पाँच हजार जरिवाना गर्छ । उनले सम्पत्ति विवरण बुझाउने–नबुझाउनेको सूची राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाइसकिएको बताए । गत वर्ष भने ७२ हजार चार शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएका थिए । रासस

शिक्षक सम्पत्ति विवरण

विशेष