मुख्य समाचार

ठूला नेताको पोल खोल्नुहोस् म समर्थन गर्छु – महाभियोग प्रस्तावक शाही

ठूला नेताको पोल खोल्नुहोस् म समर्थन गर्छु – महाभियोग प्रस्तावक शाही

पुस ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीले जारी गरेको अपिल प्रति नेकपा माओवादी केन्द्रका सांसद् तथा महाअभियोगका प्रस्तावक महेन्द्रबहादुर शाहीले गम्भिर आपत्ति जनाएका छन् । कार्कीले जारी गरेको अपिल पूर्वाग्रहयुक्त  भएको उनको ठहर छ । उनले नेपाल आजसँग कुरा गर्दै भने ‘कालोमोेसो एक व्यक्तिले दलको हो । कारबाही दल्नेमाथि हुनुपर्छ । तर उहाँ दूनियाँको पोल खोल्छु भन्दै हिँड्नु भएको छ । यो गलत हो ।’ उनले कालोमोसो दल्नेले गल्ति गर्यो भन्दैमा दूनियाँलाई मुछ्न नहुने बताए । ‘कालोमोसोको आक्रोशमा सबैको भण्डाफोर गर्छु भन्नुको के अर्थ ? यदि भण्डाफोर गर्ने नै हो भने जिम्मेवार नागरिकको हैसियतले जहिले गरे पनि हुन्छ ।’ उनले भने  ‘कमजोरी गर्नेलाई कानुनी बाटो छ ।’ लोकमानले गलत गरेका कारणले नै उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नु परेको उनले बताए । लोकमानले व्यक्तिगत रिसइबी  र आक्रोश लिएर उत्तेजित भई सबैलाई मुछ्नु उनको पूर्वाग्रहयुक्त सोच रहेको उनले बताए । व्यक्तिगत कुरालाई लिएर   अपिल जारी  गर्नु उनको अर्को गल्ति हो  – उनले भने । अब त लोकमानले ठूला नेताको पोले खेल्ने भए नि भन्ने प्रश्नमा भ्रष्ट्रचार गर्नेलाई कारबाही  गर्ने काममा आफूले सहयोग गर्ने बताए । उनले भने – ‘गल्ति गरेका छन् भने खोल्नु पर्दछ । उनले पोल खोले भने त्यो अभियानमा म आफैँले पूर्णरुपमा सर्मथन गर्दछु ।’ राजनीतिक दलका ठूला नेताहरुले यस्तो काम गरेका छन् भने उनीहरु पनि कानुनी कठघरामा उभ्याई व्यक्तिगत गराउन आफू पनि तयार रहेको उनले स्पष्ट पारे । लोकमान साधारण व्यक्ति रहेकाले उनले कारवाही गर्न नसक्ने उनले दाबी छ । उनले भने – ‘कानुन हुँदाहुँदै कुनै ब्यक्तिले व्यक्तिगत गर्ने कुरा होइन् । लोकमान कुनै संस्था होइनन्, त्यसैले उनले कारवाही गर्ने होइन, अख्तियारले कारवाही गर्ने हो ।’

महेन्द्रबहादुर शाही लोकमानसिंह कार्की

विशेष