एन्टारटिकामा नेपालको झण्डा फहराउन जादैं पण्डित
पुस–७ । एन्टारटिका महादेशको सर्वोच्च शिखर भिन्सन मासिफमा नेपालको राष्ट्रिय झण्डा फहराइने भएको छ ।
एन्टारटिका आरोहणको तयारीमा रहेका कीर्तिमानी विश्व पर्वतारोही सञ्जय पण्डितले राष्ट्रिय झण्डासहित आरोहणमा जान लागेका हुन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले बिहिबार लैनचौरस्थित निवासमा आरोही पण्डितलाई राष्ट्रिय झण्डा र हिमालमा प्रयोग हुने आइस एक्स (हिउँ बञ्चरो) प्रदान गरेका छन् । आरोहणका लागि शुक्रबार एन्टारटिका जाने पण्डितले बताए ।
सो अवसरमा उपराष्ट्रिपति पुनले आरोही पण्डितले नेपालको राष्ट्रिय झण्डा एन्टारटिकामा फहराउने कुरामा आफू विश्वस्त रहेको बताए ।
पण्डितले एसियाको सगरमाथा, अफ्रिकाको किलिमञ्जरो, युरोपको सर्वोच्च शिखर एलब्रस, अमेरिकाको सर्वोच्च शिखर एकन्कागुवाको सफल आरोहण गरिसकेका छन् ।
एन्टारटिका महादेशमा यसअघि बुटवलका भुवनसिंह विश्वकर्मा, रामबहादुर खत्री र अर्जुनकुमार थापा गरी तीन नेपाली पुगेका थिए । रासस
एन्टारटिका
नेपाल
सञ्जय पण्डित