मुख्य समाचार

पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा यसरी निस्कियो जुलुस

पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा यसरी निस्कियो जुलुस

पुस – ७ । काठमाडौँको शान्तिबाटीकामा राजाकाे समर्थकहरुले जुलुस गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार निकालेको विज्ञप्तिको समर्थन गर्दै राष्ट्रिय सरोकार मञ्च र विश्व हिन्दू महासंघको सयुक्त आयोजनमा भएको हो । विश्व हिन्दू महासंघको महासचिव र राष्ट्रिय सरोकार मञ्चका अध्यक्ष लगायत विभिन्न राजनीतिक दलका नेताहरुले राजाले बुधबार निकालेको विज्ञप्तिको समर्थन जनाउँदै राजालाई फर्काउनु पर्ने धारण राखेका थिए । नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्ने उनहरुको माग रहेको छ । तीन सय जतिको हाराहरीमा रहेका समर्थकहरुले राजा फर्काउनु पर्छ भन्दै जुलुस गरेका थिए । नेपालको झण्डा फरफराउँदै भर्खका युवादेखि वृद्धासम्मका व्यक्ति उक्त समर्थन जुलसमा सहभागी रहेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह

विशेष