पूर्वराजाको विज्ञप्तिपछि दरवार हत्याकाण्डबारे मन्त्रिपरिषदमा छलफल

पुस ८ । तत्कालिन राजा वीरेन्द्रको वंश नाश हुनेगरी भएको हत्याकाण्डबारे मन्त्रिपरिषदमा छलफल भएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक प्रक्रियाप्रति कटाक्ष गर्दै विज्ञप्ति जारी गरेको भोलिपल्ट बिहीबार बसेको मन्त्रिपरिषदले पुरानो फाइल पल्टाउन सक्ने संकेत गरेको छ ।
१४ वर्षसम्म हत्याकाण्ड रहस्यमै रहेको भन्दै बैठकमा मन्त्रीहरुले फेरि छानविन गर्नुपर्ने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रले सीमा बाहिर गएर वक्तव्यवाजी गरेको र यसमा षडयन्त्र लुकेको सरकारको आशंका छ ।
नयाँ पत्रिका
birendra shah
