समाज

दरबार हत्याकाण्डकी साक्षी प्रेक्षा शाह रारा तालमै हराइन्

दरबार हत्याकाण्डकी साक्षी प्रेक्षा शाह रारा तालमै हराइन्

पुस ८ । दरबार हत्याकाण्डकी एक साक्षी राजा वीरेन्द्रका कान्छा भाई तत्कालिन अधिराजकुमार धीरेन्द्र शाहकी श्रीमती प्रेक्षा शाह कात्तिक २०५८ सालमा रारा तालमा हेलिकप्टर दुर्घटनामा परेर वेपत्ता भइन् ।

उनी दुर्घटनामा पर्दा दरबार हत्याकाण्ड भएको साढे ५ महिनामात्रै भएको थियो । दुर्घटना हुँदा हेलिकप्टरमा ६ जना रहेको र ती मध्ये तीन अझैं हराइरहेको सरकारी प्रतिवेदनमा उल्लेख छ । तर, को –को हराइरहेका छन् र क–कसको मृत्यु भएको भन्नेबारे चाहिँ केहि खुलाइएको छैन ।

यस्तै सरकारकै अर्को निकाय नेपाल उड्ययन प्राधिकरणको अभिलेखमा रारा दुर्घटनामा ४ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । यसमा पनि अरु थप भने केहि खुलाइएको छैन ।

दुर्घटनाबारे दुई फरकफरक विवरणले पनि घटनालाई रहस्यमयी र संकास्पद बनाएको छ ।

नयाँ पत्रिका

Prexa Shah

विशेष