शाहरुख खानलाई डनको धम्की

पुस ८ । रक्सी तस्कर अब्दुल लतिफबाट प्रेरित फिल्म रईस बनाउनु शाहरुख खानका लागी टाउको दुखाई बनेको छ । फिल्ममा पाकिस्तानी अभिनेत्री माहिरा खान रहेको भन्दै यस अगाडि राज ठाकरेले फिल्म चल्न नदिने धम्की दिएका थिए ।
ठाकेरेकोे घरैमा गएर उनलाई मनाउन शाहरुख सफल भए तर अर्को लफडा आइसक्यो । लतिफका छोरा मुश्ताक शेखले फिल्म रिलिज भए लगत्तै अदालतको ढोका ढक्ढक्याउने चेतावनी दिइसकेका छन् ।
फिल्म निर्माणमा संलग्न टोलीले रइस अब्दुलबाट प्रभावित नभएको दावी गरेका छन् । तर उनका छोरा मुश्ताकले फिल्म बनाउनुभन्दा अगाडि टोली आएर आफ्नो परिवारलाई भेटेको दावी गर्दै आफ्नो बाबुलाई बेश्याबृत्तीर महिलाको प्रयोगगरी रक्सी विक्री गराउने धन्दामा संलग्न हुने गरेको देखाउनेबारे जानकार नभएको बताएका छन् ।
Sarukh Khan