मनोरञ्जन

सलमानले भने म अमिरलाई घृणा गर्छु

सलमानले भने म अमिरलाई घृणा गर्छु

पुस ८ । यो हप्ता रिलिजमा आएको आमीर खान अभिनित फिल्म दंगालले जतातै चर्चा कमाइ रहेको छ । फिल्म दंगालबारे आफ्ना धारणा पोख्दै अभिनेता सलमान खानले ट्वीट गरेका छन् ।

ट्वीटमा सलमानले आफूलाई आमीर खान मन नपरेको बताएका छन् । उनले आमीरलाई व्यक्तिगत रुपमा मन पराए पनि व्यवपसायिक रुपमा मन नपराउने बताएका छन् ।

सलमानले विषयलाई खुलाउँदै लेखे, ‘मेरो परिवारले दंगाल हेरिसकेपछि सुल्तान भन्दा पनि दंगाल धेरै राम्रो भएको बताए । त्यस कारण म आमीरलाई व्यक्तिगत रुपले मन पराए पनि व्यवसायिक रुपले मन पराउँदिन ।’

एजेन्सी

Salman

विशेष