समाज

पाँच सय प्रहरीले सम्पत्ति विवरण बुझाएनन्

पाँच सय प्रहरीले सम्पत्ति विवरण बुझाएनन्
पुस–८ । आर्थिक वर्ष २०७२/७३ मा करिब ५०० प्रहरीले सम्पत्ति विवरण बुझाएका छैनन् । प्रहरी किताबखानाका महानिर्देशक मदन भुजेलले ५२५ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण नबुझाएको बताए । उनका अनुसार एक लाख ९ हजार ४०१ प्रहरी सुरक्षाकर्मीमध्ये एक लाख ८ हजार ८७६ जनाले सम्पत्ति विवरण बुझाएका छन् । सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी नेपाल प्रहरीका रहेका छन् । नेपाल प्रहरीका ४७७ जना, सशस्त्र प्रहरी बलका २८ जना र राष्ट्रिय अनुसन्धान प्रहरीका २० जनाले सम्पत्ति विवरण बुझाएका छैनन् भने राष्ट्रिय सतर्कता केन्द्र प्रहरी समूहका सबैले सम्पत्ति विवण बुझाएका छन् । किताबखानाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी र सतर्कता केन्द्र प्रहरी समूहका सम्पत्ति विवरण बुझ्ने काम गर्दछ । अघिल्लो आवमा १६७ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण नबुझाएको उनले बताए । सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारण गरेकाहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही पाँच हजार रुपैयाँ जरिवाना गर्छ । रासस

प्रहरी सम्पत्ति विवरण

विशेष