यस्ता छन् जिब्रो सफा गर्ने घरेलु उपाय
दैनिक रुपमा दाँत माझे पनि औसत मानिसहरुले जिब्रोको हेरचाह गरिरहेको पाइदैँन । तर, जिब्रोको सरसफाइमा ध्यान पुर्याउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
जिब्रोमा भएको सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ । यसका साथै स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्न पनि यसको सफाइमा ध्यान दिनु आवश्यक हुन्छ । घरेलु रुपमा जिब्रोको सफाई यसरी गर्न सकिन्छ ।
टङ क्लिनर — जिब्रो सफा बनाउनका लागि बजारमा पाइने विभिन्न प्लास्टिकका टङ क्किलनरको प्रयोग गर्न सकिन्छ । ब्रस गरिसकेपछि यसले विस्तारै जिब्रो सफा गर्न सकिन्छ ।
नुन — हाम्रो जिब्रोमा रहेको सेतो पत्रले नै सास गनाउने समस्या ल्याउँछ । उक्त सेतो पत्र र ब्याक्टेरिया हटााउनका लागि नुन ज्यादै उपयोगी हुने गर्छ । नुनमा एन्टिसेप्टिक गुण हुन्छ । सातामा दुई पटक जिब्रोमा अलिकति नुन छरेर ब्रसले हल्का स्क्रब गर्नाले जिब्रो ब्याटेरियारहित हुन्छ ।
नुनपानी — हप्तामा दुई पटक जति मनतातो पानीमा नुन हालेर कुल्ला गर्नाले जिब्रो सफा हुुनुका साथै जिब्रोमा जम्मा भएर बसेका ब्याटेरियाबाट मुक्त भइन्छ ।
दही — दही स्वास्थको लागि फाइदाजनक मानिन्छ । खानासँग दही खाने गर्नाले ‘क्यान्डिडा फंगस’ कारण जमेको सेतो पत्र हट्नुकासाथै सास शुद्ध हुन्छ ।
बेसार — बेसारमा पनि ब्याक्टेरियानाश तत्व हुने भएकाले गर्दा यसलाई पनि जिब्रो सफा गर्नका लागि प्रयोग गर्न सकिन्छ । आधा चम्चा बेसारमा कागतीको रस मिसाएर पेस्ट बनाई केही बेर जिब्रो स्क्रब गरि कुल्ला गर्नाले जिब्रो सफा हुन्छ । त्यस्तैगरि आधा चम्चा बेसाराई पानीमा घोलेर कुल्ला गर्नाले जिब्रो सफा र गुलाबी हुन्छ ।
jibro ko hercaha