एलएलबी तृतीय वर्षको परीक्षाफल प्रकाशित

पुस–८ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी तृतीय वर्षको परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशित गरिएको छ ।
परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ ।
साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ। रासस
एलएलबी तृतीय वर्ष
त्रिवि परीक्षा नियन्त्रण कार्यालय