खेल

नेपाली क्रिकेट टोलीले छोटो समयमा बटुलेका ९ अन्तर्राष्ट्रिय सफलता

नेपाली क्रिकेट टोलीले छोटो समयमा बटुलेका ९ अन्तर्राष्ट्रिय सफलता

नेपाली क्रिकेट टोलीले छोटो समयमा अन्तराष्ट्रिय स्तरमा राम्रो छाप छोड्न सफल रहेको छ । विभिन्न चुनौतीहरु आएपनि नेपाली क्रिकेट टोलीले खेलमा भने सुधार गरिरहेको छ । नेपालीको ब्याटिङ केही मात्रामा कमजोर देखिन्छ भने बलिङमा खेलाडीहरु निकै अब्बल देखिन्छन् । यही नेपाली टोलीको केही अन्तराष्ट्रिय रेकर्डहरु यस प्रकार छन् १. नेपालले एक दिवसीयमा सबैभन्दा धेरै रन भुटानविरुद्ध बनाएको छ । नेपालले २००३ को एसीसी इमर्जिङ नेशन्स टुर्नामेन्टमा निर्धारित ५० ओभरमा ३ विकेट गुमाउँदै ३८९ रन बनाएको हो । २. नेपालले टी–२०मा सबैभन्दा धेरै रन सिंगापुरविरुद्ध बटुलेको छ । नेपालले २०१३ को एसीसीको निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१० रन बनाएको हो । ३. नेपालले टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन हङकङविरुद्ध बनाएको छ । नेपालले २०१४ को टी–२० वल्र्डकपमा ८ विकेट गुमाएर १४९ रन बनाएको हो । ४. नेपालको शानदार रेकर्ड भनेको सबैभन्दा थोरै रनमा अलआउट बनाएको र १ ओभर नसकिँदै लक्ष्य भेटाएको छ । एकै खेलमा नेपालले दुईवटा रेकर्ड बनाउन सफल रहेको हो । नेपालले २००६ को एसीसी ट्रफीमा म्यानमारलाई १२.१ ओभरमा केवल १० रनमात्रदिएर अलआउट बनाएको थियो । त्यस्तै ११ रनको लक्ष्य केवल ०.२ मा भेटाएको थियो । जसमा ५ वाईड पाएको थियो । ५. नेपालको तर्फबाट मेहबुब अलामले एक दिवसीयको बलिङमा वल्र्ड रेकर्ड बनाएका छन् । उनले मोजाम्बिकविरुद्ध आईसीसी डिभिजन ५, २००८ मा ७.५ ओभरमा १२ रन मात्र खर्चेर १० विकेट लिएका थिए । उनी आईसीसी अन्तराष्ट्रिय क्रिकेट खेलमा निश्चित ओभरमा १० विकेट लिने पहिलो खेलाडी बने । यस्तो इतिहास निर्धारित नभएको ओभरको खेल अर्थात टेस्ट क्रिकेटमा मात्र बनेको छ । ६. टी–२० क्रिकेटको बलिङमा भने दिपेन्द्र चौधरीले रेकर्ड कायम गरेका छन् । उनले २००९ को एसीसी टी–२० कपमा कुवेतविरुद्ध ३ ओभरमा ११ रन मात्र खर्चेर ४ विकेट लिएका थिए । ७. बलिङमा नेपालीबाट अन्तर्राष्ट्रिय रेकर्डमा नेपालको लागि शक्ति गौचनले ह्याट्रिक लिएका छन् । उनले आईसीसी टी–२० क्वालिफायर २०१२ मा डेनमार्कविरुद्ध ह्याट्रिक गरेका थिए । ८. बलिङको उत्कृष्ट इकोनोमी रेट ०.२० (१०–८–२–३) शक्तिगौचनले उक्त इकोनोमी रेट आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ४, २०१२ मामलेसियाविरुद्ध बनाएका थिए । निर्धारित ओभरको खेलहरुमा उक्त इकोनोमी अहिलेसम्म कै उत्कृष्ट रहेको छ । ९. सोमपाल कामीले टी–२० अन्तर्राष्ट्रियमा हङकङविरुद्ध ३१ बलबाट ४० रन बनाएको विश्व रेकर्ड रहेको छ । १० नम्बरमा आएर टी–२० मा सर्वाधिक रन बनाउनेमा उनले विश्व रेकर्ड रच्न सफल भएका हुन् ।

नेपाली क्रिकेट नेपाली क्रिकेट टोली

विशेष