खेल

सातौँ राष्ट्रिय खेलकुद क्रिकेटमा एपिएफ र मध्यमाञ्चल विजयी

सातौँ राष्ट्रिय खेलकुद क्रिकेटमा एपिएफ र मध्यमाञ्चल विजयी
पुस–९ । नेपाल एपिएफ क्लब र मध्यमाञ्चल विकास क्षेत्रले सातौँ राष्ट्रिय खेलकुदको पुरष क्रिकेटमा विजयी सुरुवात गरेको छ । मोरङको बैजनाथपुरमा भएको खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई २६ रनले हराएको छ । एपिएफले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको मध्यपश्चिमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन मात्र बनाउन सफल रह्यो । टोलीको लागि प्रमित थापाले ४० र अनुपम सिंहले २१ रन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । एपिएफको लागि पारसले ३ विकेट लिए । करण, भुवन र शक्तिले १–१ विकेट लिए । पहिला ब्याटिङ गरेको एपिएफले सन्दिप सुनारको ५१ तथा नट आउट रहेका प्रदीप ऐरीको २९ र कप्तान पारस खड्काको २६ रनको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । मध्यपश्चिमाञ्चलका लागि अमर रौतेलाले २ विकेट लिए । यस्तै दोश्रो खेलमा मध्यमाञ्चल विकास क्षेत्रले घरेलु टोली पूर्वाञ्चल विकास क्षेत्रलाई ४ रनले हरायो । जितका लागि १ सय २१ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चलले २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रन मात्र बनाउन सक्यो । पूर्वाञ्चलका मनिष थापाले १७ तथा विवेक यादवले नट आउट १३ रन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । मध्यमाञ्चलका लागि हसिम अन्सारीले ३ र कप्तान रुपेश श्रीवास्तवले २ विकेट लिए । पहिला ब्याटिङ गरेको मध्यमाञ्चलले जितेन्द्र ठकुरीको ३१ तथा अश्चल चौधरीको २७ रनको मद्दतमा १ सय २० रन बनाएको थियो । पूर्वाञ्चलका लागि पुष्प थापा, फिर्दोश अन्सारी र सन्दिप ढुंगानाले समान २ विकेट लिएका थिए । त्यस्तै महबुब अलाम र प्रदीप पासवानले १–१ विकेट लिए ।

नेपाल एपिएफ क्लब मध्यमाञ्चल विकास क्षेत्र

विशेष