बाघ मार्ने बसका चालकले पाउने भए दुःख, मान्छे मारेभन्दा बढी केरकार
बाघ लजालु जनावर हो । यसका अनौठ प्रकारका गुण हुन्छन् । उनीहरुले भोक लागेको छ भने खानाका लागि सिकार गर्छन् । कुनै अवस्थामा आफ्नो साथमा बच्चा भएको अवस्थामा बच्चालाई सुरक्षा दिन आक्रमण गछन् ।
त्यस्तै घाइते भएर आएको छ भने बाघ आक्रमक बन्द छ । कहिलेकाहीँ बाघहरु एकआपसमा लडाइँ गरेर हारेको छ भने आक्रमण गर्ने गर्दछ । अरु अवस्थामा सामान्य जनावर जस्तै हुन्छ ।
आहार खोज्दा ठूला जनावरलाई आफ्नो सिकार बनाउने गर्दछन् । किनकि ठूला जनावरको सिकार गरेपछि लामो समय आहारको खोजीमा हिड्न पर्दैन । यिनीहरुले बाघले आफ्नो आहार कहिल्यै पनि खेरा पाल्दैनन् ।
यिनीहरुले कहिल्यै गर्भेणी जनावरको सिकार गर्दनन् । यिनीहरुको बसेको अवस्थामा पनि सिकार नगर्ने नियम हुन्छ, त्यसैले यिनीहरुले आफ्नो सिकारलाई भगाइ–भगाइ थकाएर सिकार गर्ने गर्दछन् ।
बाघदेखि हामी डराउँछौँ तर सामान्य अवस्थामा कसैलाई पनि क्षति पु¥याउँदैन । तर, भाले बाघ मारिनु भनेको ठूलो क्षति हुनु हो ।
एउटा भाले बाघले २ देखि ७ वटासम्म बघिनीहरुलाई स्याहार गरिरहेको हुन्छ । आहारा, पानी र बासस्थानमा यसले फरक पार्न सक्छ । बाघले आफूलाई आहारा पर्याप्तताका आधारमा आफ्नो बासस्थान रोज्ने र पोथी बाघ स्याहार गर्ने गर्दछन् ।
बाघहरुमा अनौठो नियम हुन्छ । भाले बाघहरु आफ्नो क्षेत्राधिकार तोडेर अर्काेको क्षेत्रमा जाँदैनन् । त्यसकारण भालेको मृत्युपछि केही सयमसम्म प्रजनन् रोकिन सक्छ ।
बघिनी कुनै नयाँ भालेको सम्पर्कमा नआउँदासम्म वा त्यही ठाउँमा उनीहरुकै बच्चा मध्ये भाले बाघ बयस्क नहुने बेलासम्म गर्भधारण प्रक्रियामा रुकावट आउन जान्छ । त्यसैले भाले बाघको मृत्युले बाघको संख्यामा नै प्रभाव पर्न सक्छ ।
गत बुधबार बर्दिया राष्ट्रिय निकुञ्जभित्र एउटा बाघ मारियो । बेलुका करिब साढे सात बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकञ्जभित्रमा पर्ने कर्णाली अम्रेनी सडकखण्डको कुवा भारमा ना ४ ख २८८७ नम्बरको बसले ठक्कर दिँदा बयस्क भाले पाटे बाघको मृत्यु भयो । बाटो क्रस गर्न लागेको बाघलाई कैलालीको अत्तरीयाबाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिएको थियो ।
बाघले चितुवालाई लखेट्दै आएको र चितुवाले बाटो क्रस गरे पनि बाघ भने बसमा ठोक्किएको चालकले बयानमा उल्लेख गरेका छन् । चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दै छ । बसको ठक्करबाट बाघको घटनास्थलमै मृत्यु भएको थियो । यस घटनाले बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्यामा कमी आउने देखिन्छ ।
यस बाघले त्यस क्षेत्रका पाँच बघिनीलाई स्याहारदै आएको थियो । बाघको मृत्युपछि ती पाँच बघिनीको गर्भधारण क्षमतामा प्रभाव पर्ने छ । अवको केही वर्ष उनीहरुबाट प्रजनन् नहुन सक्छ ।
साधारणतः भाले बाघको मृत्युपछि उनीहरुको बच्चाबाट नयाँ बयस्क बाघ तयार हुने गर्दछ । अर्काे बयस्क बाघ तयार नहुँदासम्म बघिनीबाट गर्भधारण हुँदैन । बयस्क बाघ तयार हुन लामो सयम पनि लिन सक्छ । कतिपय अवस्थामा बघिनीहरु अर्काै क्षेत्रमा रहेको भाले बाघसँगको सम्पर्क जान पनि सक्छन् । जसले बघिनी त्यो क्षेत्रलाई छोडेर अन्यत्र बासस्थान परिर्वतन पनि गर्न सक्छन् । –रामेश थापा, प्रमुख संरक्षण अधिकृत, बर्दिया राष्ट्रिय निकुञ्ज