स्वास्थ्य

यी खानेकुरा खानुहोस्, कपाललाई मजबुत र चम्किलो बनाउनुहोस्

यी खानेकुरा खानुहोस्, कपाललाई मजबुत र चम्किलो बनाउनुहोस्
कपाललाई चमकदार र स्वस्थ राख्ने चाहना सबैको हुन्छ । कतिपयको कपाललाई जति नै स्याहार गरे पनि पुग्दैन । कपालको थप स्याहार गर्दा , कपाल उमार्न, बाक्लो तथा सुन्दर बनाउन मानिसहरुले विभिन्न कस्मेटिक आइटमको प्रयोग गने गर्छन् । सामानको प्रयोगलेमात्र नभएर यस्ता केही खानेकुराहरु छन् जसले कपाललाई फाइदा पु्र्याउँछ । कपाललाई फाइदा पुर्याउँने खानेकुरा यस प्रकारका छन् । गेडागुडी — हामीले खाने गेडागुडीमा आइरनको प्रसश्त मात्रा हुन्छ । शरीरको रक्तप्रवाहमा आइरन निकै नै महत्वपूर्ण हुनाले यसले कपालको जरालाई मजबुत बनाउँछ नियमित रुपमा गेडागुडी खानाले कपाल झर्न कम हुनुको साथै यसले कपालको जरालाई बलियो बनाउँछ । सागपात —हरियो सागपात शरीरको लागि निकै नै स्वस्थवर्दक मानिन्छ । कपाललाई बलियो र सुन्दर बानाउनका लागि ‘मेथाइसल्फनिमिथेन’ नाम गरेको तत्वको आवश्इक हुन्छ । यसले कपालको वृद्धिमा पनि महत्वपूर्ण भूमिका खेल्छ । यसलाई अर्गानिक सल्फर पनि भनिन्छ जुन केराटिनको विकासका लागि महत्वपूर्ण मानिन्छ । एभोकाडो — कपाल चाँडो बढाउन र झर्नबाट रोक्नका लागि एभोकाडो महत्वपूर्ण मानिन्छ । एभोकाडोमा हुने ओमेगा —३ फ्याटी एसिडले कपाललाई स्वस्थ बनाउनुको साथै बलियो पनि बनाउँछ । एभोकाडोलाई थिचेर स्याम्पोको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अण्डा — हाम्रो शरीरका अंगको विकासको लागि प्रोटिनको आवश्यक पर्छ । कपालको सन्दर्भमा पनि यो नियम लागू हुन्छ । अण्डामा प्रोटिन मात्र नभएर बायोटिन पनि हुने भएकाले यसले कपाललाई लामो र बलियो बनाउँछ । पानी — पानीले शरीरको साथसाथै कपाललाई पनि स्वस्थ राख्नमा मद्दत गर्छ । पानी कम खानाले डिहाइड्रेसन हुन्छ जसले कपाललाई हानी पुर्याउँछ । त्यसकारण प्रसश्त पानी पिउनाले कपाल सुन्दर र चम्किलो हुन्छ । दिनमा ८ देखि १० गिलास पानी पिउनुपर्छ । आल्मोन्ड — सूर्यको किरणले कपाललाई हानी पु्र्याउँछ । उक्त किरणले तालु पोल्दा यसले नयाँ कपाल उत्पादनमा हानी पुर्याउँ५ । घामबाट बच्न मुक्त हुन नसकेपनि यसलाई सामाधान गर्न आल्मोन्ड खान सकिन्छ । नियमित रुपमा आल्मोन्ड खाँदा यसले छालालाई जोगाउनेमात्र नभएर यसमा हुने केराटिन नाम गरेको तत्वले कपाललाई मजबुत बनाउँछ ।

hair care

विशेष