स्वास्थ्य

मध्यरातमा निद्राबाट ब्यूँझनु भयो भने गर्दै नगर्नुस् यी ५ काम

मध्यरातमा निद्राबाट ब्यूँझनु भयो भने गर्दै नगर्नुस् यी ५ काम

औसत मानिसहरुको रातको समयमा ब्युँझिने समस्या हुन्छ । कति मानिसहरुलाई आधा रातमा त्यसरी ब्युँझिएपछि फेरि निदाउँन कष्ट पर्छ । यस्तो समयमा धेरैले अनेक काम गर्छन् । तीमध्ये निम्न काम रातको समयमा नगर्नु नै उचित हुन्छ ।

१) चुरोट पिउने — राति ब्युझिएपछि चुरोट पिउनाले फेरि निन्द्रा पर्न गाह्रो हुन सक्छ । किनभने चुरोटमा हुने निकोटिनले निन्द्रामा प्रभाव पार्ने गर्छ । चुरोट पिउनु आफैंमा हानीकारक हो भने मध्ये रातमा चुरोट पिउनु झनै हानिकारक मानिन्छ ।

२) कफी सेवन — जाडोयाममा अधिकांस मानिसको रातको समयमा चिया कफी सेवन् गर्ने बानी नै हुन्छ । यस्तो बानी बेलैमा सुधार्नु उचित हुन्छ । किनभने चिया कफीमा अधिक मात्रामा हुने क्याफिनले निन्द्रा भंग पारिदिन्छ ।

३) खानेकुरा खाने — कसैकसैलाई आधा रातमा निन्द्राले छोडे या भोक लागे खानेकु्रा खाने बानी हुन्छ । यसरी रातको समयमा खानेकुरा खानाले मोटोपना बढाउँछ ।

४) रक्सी सेवन् — राति निन्द्रा नपर्दा कतिपयले रक्सी तथा मादक पदार्थ सेवन् गर्ने गर्छन् । यसले केही समयमै निन्द्रा लगाए पनि भित्रभित्रै असर पुर्याईरहेको हुन्छ । रक्सी सेवन गरेर सुत्दा बिहान शरीर भारी र आलस्य हुन्छ ।

५) टिभी हेर्नु — रातको समय ब्युँझिएपछि टिभी हेरेर बस्नु उचित हुँदैन । मानिसहरु टिभी हेर्दाहेर्दै निदाइन्छ भन्ने सोच्छन् तर यो गलत हो । टिभी हेर्नाले झनै निन्द्रा बिग्रिन्छ । पछि सपनामा पनि टिभीमा देखेका कुराहरु आउँदा थकित महशुश हुनुको साथै दिमागको थकान मेटिदैँन ।

विशेष