रुकुम: तीस पसल हटाइए

पुस ९ । सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका ३० गुम्टी(सडक किनारका ससाना काठका पसल) शुक्रबार हटाइएको छ । मुसिकोट नगरपालिका, खलङ्गा बजार क्षेत्रमा रहेका गुम्टीलाई नगरपालिकाले राजनीतिक दलको सहयोगमा हटाइएको कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए ।
खलङ्गा बजार क्षेत्रअन्तर्गत सहिद मैदान, पुष्पलाल चोक, कालिका मन्दिरलगायत ठाउँमा त्यस्ता गुम्टी थिए । सार्वजनिक ठाउँमा बनाइएका पसलघरले बजार क्षेत्रको बाटो साँघुरो हुनाका साथै फोहर पनि बढ्न थालेको थियो ।
गुम्टीमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेकाहरुले भने आफूहरुलाई नगरपालिकाले आफूहरुको गाँस खोसिदिएको आरोप लगाएका छन् । खलङ्गा बजार क्षेत्रका सबै सडकमा ढलान गर्ने नगरपालिकाको योजना छ ।
रासस
रुकुम