समाज

गोरु जुधाउन ९ सदस्य समिति गठन

गोरु जुधाउन ९ सदस्य समिति गठन
पुस – ९ । नुवाकोटको तारुकामा जिल्लाको पहिचानका रुपमा रहेको तारुकाको गोरु जुधाइ मेला व्यवस्थित रुपमा सम्पन्न गराउनका लागि गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरिएको छ । माघे संक्राान्तिमा तारुका गाविसको चन्दनीको ठूलो पाटामा हरेक वर्ष गोरु जुधाइँदै आएको छ । बेत्रावतीमा यस वर्ष गोरु जुधाउने तयारी सुरु भएको हो । स्थानीय राजनीतिक दल र गोरुपालक किसानको सहमतिमा दीपेश शाक्यको अध्यक्षतामा नौ सदस्यीय गोरु जुधाइ मेला व्यवस्थापन समिति गठन भएको हो । समितिले सूचना जारी गोरु दार्ताका लागि अवेदन खुलाउने छ । तारुका, बुधसिङ, रातमाटेलगायत क्षेत्रमा सयौँ वर्षअघिदेखि गोरु जुधाइँदै आएकामा २०६२ सालदेखि भने तारुकाले एकै स्थानमा माघे संक्रान्ति पर्वका रुपमा व्यवस्थित रुपमा गोरु जुधाउँदै आएको छ । स्थानीय गोसाइँकुण्ड युवा क्लब मेलाको खर्च जुटाउन र प्रचारप्रसारमा जुटेको छ ।

गोरु जुधाइ मेला नुवाकोट

विशेष