प्रवास

दक्षिण कोरिया: सवारी दुर्घटनामा एक नेपालीको मृत्यु

दक्षिण कोरिया: सवारी दुर्घटनामा एक नेपालीको मृत्यु
पुस – ९ । दक्षिण कोरियामा कार्यरत झापा शान्तिनगरका एक युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । २३ वर्षीय नवीन राईको सवारी दुर्घटनामा परी दक्षिण कोरियामा शुक्रवार मृत्यु भएको हो । स्थानीय समयानुसार बिहान करिब साढे ११ बजे राई सवारी दुर्घटनामा परेका राईको उपचारका क्रममा अपरान्ह मृत्यु भएको जनाइएको छ । दक्षिण कोरियाको फरानमा काम गर्दै आइरहेका राईको कार्यरत कम्पनीकै गाडी दुर्घटनाबाट मृत्यु भएको जनाइएको छ । करिब ३० महिना पहिले कोरिया प्रवेश गरेका राई कम्पनीको समान लिएर जाने क्रममा दुर्घटनामा परेको बताइन्छ । कम्पनीको समान र्पुयाएर अनलोड गर्ने क्रममा सोही गाडीले अचानक ठक्कर दिँदा उनी घाइते भएका थिए ।

दक्षिण कोरिया सवारी दुर्घटना

विशेष