मनोरञ्जन

यस्तो रह्यो दंगलको पहिले दिनको व्यापार

यस्तो रह्यो दंगलको पहिले दिनको व्यापार
पुस ९ । शुक्रबारदेखि प्रदर्शनीमा आएको चलचित्र दंगालले बलिउडमा ‘सुल्तान’ पछिको यो वर्षकै दोस्रो ठूलो ओपनिङ गरेको छ । स्पोर्टस ड्रामा मानिएको दंगालको ट्रेलर बाहिरिएपछि धेरैले सुल्तानजस्तो भन्ने अनुमान लगाएका थिए । तर रिलिज पछि दर्शकले उक्त अनुमान गलत साबित भएको बताएका छन् । डिसेम्बर २३ मा भारतको चार हजार हलमा एकसथ प्रदर्शनीमा आएको फिल्म दंगाालले पहिलो दिनमा २९.७८ करोडको व्यापार गर्न सफल भएको छ । यसअघि रिलिज भएको सलमान खान अभिनित स्पोर्टस ड्रामा सुल्तानले पहिलो दिनमा ३६.५९ करेडको व्यापार गर्न सफल भएको थियो । — एजेन्सी

दंगाल सुल्तान

विशेष