Technology

आइतबारदेखि लाइसेन्स फाराम अनलाइनबाटै

आइतबारदेखि लाइसेन्स फाराम अनलाइनबाटै
पुस - ९ । सरकारले आइतबारदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्ने कार्यको शुभारम्भ गर्न लागेकाे छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आइतबार दिउँसो ३ बजे अनलाइन फारामको उद्धघाटन् गर्ने भएका छन् । अाउँदाे साेमबारबाट  लाइसेन्स फर्म भर्न सकिने छ । अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनपी मा गएर फाराम भर्न सकिन्छ । अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी गराएका छन् । “कार्यालयमा सम्पर्क राख्नका लागि हाललाई एकान्तकुनामै जानुपर्छ, भक्तपुरको सल्लाघारी एवम् काठमाडौँका चाबहिल र कलङ्कीमा पनि सेवा सुरु भएपछि त्यहाँबाट पनि अनलाइनबाटै सवारी चालक अनुमति पत्रसम्बन्धी काम हुन्छ”उनले बताए । यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न लाइनमा बस्नुु नपर्ने विभागले जनाएको छ ।

अनलाइन अनलाइन प्रणाली सवारी चालक अनुमति पत्र

विशेष