विचार भिडियो कुरा: खस्रा मिठा

समृद्धी क्रान्ति चौँथो भागः सामाजिक न्यायबाट चुक्दा देशमा अस्थिरता [भिडियो]

समृद्धी क्रान्ति चौँथो भागः सामाजिक न्यायबाट चुक्दा देशमा अस्थिरता [भिडियो]


पुस –  ७ । सामाजिक तथा राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीको समृद्धी क्रान्तिको चौँथो भाग लिएर आफ्नो युट्यब ब्लग मार्फत आएका छन् । नेपालको वर्तमान शैक्षिक र जनस्वास्थ्यका विषयमा उनले युट्यब ब्लगमार्फत जनचेतना जगाउने प्रयास थालेका हुन् । उनका अनुसार सामाजिक न्याय आर्थिक समृद्धी क्रान्ति र समृद्धी राष्टको पूर्वसर्त हो । यसमा हामी चुकेका कारण नेपाल ब्यापक राजनीतिक अस्थिरतामा दौडिनु परेको छ । पछिल्लो अवस्थामा नेपाली राजनीति सिंहासन केन्द्रीत बनेको छ । यसको कारण जनतामा व्याप्त असन्तुष्टि र सामाजिक न्याय नपाएर नै भएको उनको हो । चौँथो भागपनि तेस्रो भागमा उठाएको विषय शिक्षा र स्वास्थ्यलाई स्पष्ट पार्ने प्रयास गरेका छन् । यो पटक उनले नेपालमा विद्यालय तथा स्वास्थ्य संस्थाले गर्ने विज्ञापनलाई व्यंग्य गरेका छन् । उनले उदाहरण दिदै विश्वमा विज्ञापनको सुरुवात सोप ओपेरा हो र यसको नै धेरै विज्ञापन हुने गरेको थियो, विडम्बन नेपालमा भने साबुनको विज्ञापनभन्दा धेरै विद्यालय र स्वास्थ्य संस्थाको हुने गरेको तितो यर्थाथ प्रस्तुत गरे । उनले अहिलेका विद्यालयले चाउचाउको विज्ञापन गरे जसरी आफ्ना विद्यालयको विज्ञापन गरिहेको भन्दै कठाक्ष गरेका छन् ।


उनले पछिल्लाे पटक प्रा डा गाेविन्द केसीले उठाएका माग जायज भएकाे अाफ्नाे भिडियाे ब्लगमा उल्लेख गरेका छन् । उनका अनुसार नेपालमा शैक्षिक मतभेदका कारण नेपालमा वर्ग निधारण हुँदै गइरहेकाे छ । शिक्षित वर्ग ठूला देशतिर लाग्दा नेपालकाे विकास हुन सकेकाे छैन । उनले तेस्रो भागमा २०४७ सालपछि शिक्षा र स्वास्थ्य क्षेत्रमामा देखिएका अनकौँ विकृतीहरुको चिरफार गरेका छन् । यो पटक उनले सामाजिक डार्भिनवादको व्याख्या गर्दै नेपाली शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका त्रुटी र समस्याहरुको चिरफार गर्ने प्रयास गरेका थिए । अमेरिकी राष्ट्रपति डिल्यान रुज्बेलले प्रतिपादन गरेको सामाजिक डार्विनवादलाई व्याख्या गर्दै नेपाली सन्दर्भ जोड्ने प्रयास गरेका थिए । नेपालमा रहेका सरकारी विद्यालय र निजी विद्यलाय (बोर्डिङ स्कूल) निम्त्याएको विभेदतालाई उनले छर्लङ पर्ने प्रयास गरेका थिए । उनले शैक्षिक विभेद नै विद्रोहको सुरुवात हुने बताएका थिए । दोस्रो भागमा उनले नेपाली कांग्रेस नेत्री सुजाता कोईरालाले उपचार खर्चको लागि लिएको ५० लाख रुपैयाँले निम्त्याएको विद्रोहको चिरफार गरेका थिए ।  

अरुणकुमार सुवेदी

विशेष