खेल

राष्ट्रिय प्रतियोगितामा खाली खुट्टै

राष्ट्रिय प्रतियोगितामा खाली खुट्टै

पुस १० । राष्ट्रकै सबैभन्दा बृहत् र महत्तवपूर्ण खेलकुद प्रतियोगितामा सहभागिता जनाउन आएकी एक किशोरीले आर्थिक अभावका कारण जुत्ता किन्न नसक्ने अवस्थामा खाली खुट्टा नै आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धामा उत्रिनु पर्यो ।

नवलपरासीकी १६ बर्षीया गुडिया गुप्ता शनिबार निर्माणाधीन इटहरी रंगशालामा एथ्लेटिक्सको पन्ध्र सय मिटर दौडमा आफूभन्दा दिग्गज प्रतिद्वन्द्वीलाई टक्कर दिन पश्चिमाञ्चल क्षेत्रको प्रतिनिधित्व गर्दै खालीखुट्टा ट्रयाकमा ओर्लिइन् ।

प्रतियोगिताको हिट चरणमा उनी छैटौं भइन तर उनको खाली खुट्टामा न कुनै खेल पदाधिकारीको आँखा गयो न त खेलसँग सम्बन्धित कुनै नीति निर्माताको नै । उनी पश्चिमाञ्चल क्षेत्रको छनोट प्रतियोगितामा पहिलो हुँदै राष्ट्रिय प्रतियोगितामा खेल्न पूर्वाञ्चल आएकी हुन् । छनोट प्रतियोगितामा उनले निर्धारित दरी पाँच मिनेट १२ सेकेण्डमा पूरा गरेकी थिइन् ।

एथलेटिक्स प्रतियोगितामा खेल्न खेलाडीका लागि विशेष प्रकारको ‘स्पाइक सु’ लगाउनुपर्ने हुन्छ । ‘स्पाइक सू’ ले खेलाडीको प्रदर्शन स्तरीय बनाउन मद्दत पु¥याउँछ । तर गुडियासँग ‘स्पाइक सु’ किन्ने पैसासमेत नभएकाले उनी राष्ट्रिय प्रतियोगितामा खाली खुट्टा दौडिएको उनका प्रशिक्षक मनोहर दाहालले बताए ।

(अन्नपूर्ण पोष्ट

National Sporth Sport

विशेष