समाज

काठमाडौंमा निसासिएर ११ जनाको मृत्यु

काठमाडौंमा निसासिएर ११ जनाको मृत्यु
पुस १० । काठमाडौं उपत्यकामा एक सातामा निसासिएर ११ जनाको मृत्यु भएको छ । चिसो भएका कारण कोठा भित्र आगो ताप्दा, झ्याल ढोका थुनेर सुत्दा र अत्यधिक चुरोट सेवन गर्दा ती व्यक्तिको मृत्यु भएको हो । घरभित्र झ्याल ढोका थुनेर बस्दा अक्सिजनको कमी हुने र निसासिर मृत्यु हुने गरेको प्रहरीले जनाएको छ । प्रहरी समाचार कक्षले जनाएअनुसार शुक्रबार भक्तपुर नगरपालिका ७ स्थित सिद्धि सालिकराम जेष्ठ नागरिक आश्रममा वस्दै आएका भारत कोलकताका गौतम बशुको बेहोश भएर मृत्यु भयो । कोठामै अचानक बेहोश भएपछि उनलाई उपचारका लागि नजिकैकै अस्पताल लगियो । र, उपचारकै क्रममा उनको मृत्यु भयो । प्रहरीका अनुसार लामो समय आगो तापेर वसेका कारण उनको मृत्यु भएको हो । राजधानी 

विशेष