समाज

२३ वर्ष पछि श्रीमान मदनको घरमा पुगेकी राष्ट्रपति भण्डारीले यसो भनिन्

२३ वर्ष पछि श्रीमान मदनको घरमा पुगेकी राष्ट्रपति भण्डारीले यसो भनिन्

पुस १० । राष्ट्रपति विद्यादेवी भण्डारी पुख्र्यौैली घर इटहरा पुगेकी छिन् । इटहरा उनका श्रीमान् स्व. मदन भण्डारीको पुख्र्यौैली घर हो । इटहरामा आयोजित मदनग्राम प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले पछाडि परेका क्षेत्र, वर्ग र गाउँको विकासमा सरकारलाई अग्रसर हुन आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले मोरङका धेरै नेता राजनीतिमा सक्रिय भए पनि विकासको गति अझै पछाडि नै रहेको बताइन् । ‘धेरै नेता जन्माएको मोरङ अझै पछाडि परेको देखिरहँदा मलाई अप्ठ्यारो हुन्छ ।’ राष्ट्रपति भएपछि पहिलोपल्ट पति मदन भण्डारीको पुरानो गाउँ मोरङको इटहरा–८ सातमेडी पुगेकी हुन् । त्यहाँ पुगेपछि उनले आफ्नो पुरानो, तर जीर्णेद्वार गरिएको काठको घर अवलोकन गरेकी थिइन् ।

स्थानीयका अनुसार सो घर भूमिगतकालमा एमालेले सेल्टरका रूपमा प्रयोग गर्ने गरेको थियो । मदन भण्डारीसँग विवाह भएर आएपछि उनी केही वर्ष बुहारीका रूपमा सो घरमा बसेकी थिइन् । राष्ट्रपति भण्डारीले सुरुमा आँगनमा रहेको तुलसीमा जलसेचन गरिन् । त्यसपछि घरको अवलोकन गरिन् । अनि, कार्यक्रमको मञ्चतर्फ गइन् ।

मूल ढोकामाथि विश्वका कम्युनिस्ट नेताहरूको फोटो झुन्ड्याइएको दुईतले टाँडे घर छ । त्यहाँ चढेर भण्डारीले स्वागतका लागि भेला भएका सबैलाई अभिवादन गरिन् ।

Bidya Bhadari rastapati

विशेष