मनोरञ्जन

रेखाले आमिरको हाइटको मजाक उडाएपछि...

रेखाले आमिरको हाइटको मजाक उडाएपछि...

पुस १० । बलिउड अभिनेता आमिर खानले केही दिनअघि आफू अभिनीत फिल्म ‘दंगाल’ को स्पेशल स्क्रीनिङको अवसरमा केही कलाकारलाई निमन्त्रणा गरेका थिए । उक्त निमन्त्रणको स्वीकार गर्दै फिल्म हेर्न पुगेकी अभिनेत्री रेखाले आमिरको खुब मजाक उडाइन् ।

उचाइमा रेखा भन्दा होचा रहेका आमिरलाई रेखाले आफू सानो बन्दै आमिरैे उचाईको मजक उडाएकी थिइन् । आमिरको हाइट ५.४ फिट रहेको छ जब की रेखा आमिर भन्दा २ इन्च अग्ली छिन् । उक्त समारोहमा उनी आमिरको अघिल्तीर झुक्दै आमिरको मजाक उडाउदै थिइन् ।

आमिर र रेखाले एकसाथ ‘टाइम मेसिन’ नामको फिल्ममाा अभिनय गरेका थिए । शेखर कपूर निर्देशित उक्त फिल्मलाई शेखरले सन् १९९२ मा निर्देशन गरेका थिए । केही आर्थिक समस्याका कारण उक्त फिल्म रिलिज हुन पाएन । फिल्मलाई शेखरले एक नयाँ कास्ट दिएर पछि रिलिज गर्ने बताएका थिए ।

एजेन्सी

Amir Khan Rekha

विशेष