मनोरञ्जन

आखिर किन फिल्मबाट ब्रेक लिने निर्णय गरे सैफले ?

आखिर किन फिल्मबाट ब्रेक लिने निर्णय गरे सैफले ?

पुस १० । छोरा ताइमर अली खानको जन्म पछि अभिनेता सैफ अली खानले सधैँको लागि फिल्मबाट ब्रेक लिने प्लान गरेको बताइएको छ । बलिउड भास्करका अनुसार उनी पत्नी करीना कपूर र छोरासँग समय बिताउन चाहन्छन् । यसको लागि उनी फिल्ममा ब्रेक लिन लागेको जानाकारी प्राप्त भएको छ ।

हाल उनी ‘शैफ’ नाम गरको फिल्मको सुटिङमा व्यस्त छन् । उक्त कामलाई चाँडो भन्दा चाँडो सक्काउन चाहन्छन् उनी । फिल्म निर्देशक राजा कृष्ण मेननका अनुसार फिल्मको सुटिङ फेब्रुअरीसम्ममा सकिन्छ । फिल्मको लागि अझै पनि केही ठाउँहरुको खोजी भइरहेको छ ।

एजेन्सी

kareena kapoor Saifali Khan

विशेष