मनोरञ्जन

पद्माावतीको सेटमा दुर्घटना, एकजनाको मृत्यु

पद्माावतीको सेटमा दुर्घटना, एकजनाको मृत्यु

पुस १० । निर्देशक सञ्जयलिला भन्सलीको निर्देशनमा बन्न लगेको फिल्म ‘पद्मावती’ को सुटिङमा दुर्घटना परेको छ । फिल्ममा रणवीर कपूर, दिपिका पादुकोण र साहिद कपूर लगायतको अभिनय रहेको छ ।

फिल्मको सेटमा दुर्घटना भएपछि एक व्यक्तिकाे मृत्यु भएको भारतीय मिडियाले जनाएको छ । मुम्बाइको फिल्म स्टुडियोमा सेट तयार गरिदै गरेको अवस्थमा एक जना व्यक्तिको निधन भएको उल्लेख गरिएको छ ।

मुकेश नाम गरेका ३४ वर्षीय प्रविधिकको खसेर मृत्यु भएको हो । उनी फिल्म स्टुडियोमा तयार भइरहेको सेटमा रंग लगाइरहेका थिए ।

मुकेशको निधनमा दुख व्यक्त गर्दै उनले मकुेशको परिवारलाई सहयोग गर्ने वचन दिएका छन् ।

Padmawati

विशेष