दुई पाङ्ग्रेको लागि मात्र अनलाइन आवेदन, त्यो पनि सिमित सङख्यामा
पुस–१० । यातायात व्यवस्था विभागले दुई पाङ्ग्रे (मोटरसाइकल र स्कुटी)का लागि मात्र अनलाइनबाट लाइसेन्सको निवेदन लिइने जनाएको छ । सरकारले लाईसेन्सको आवेदनका लागि लामो लाइन बस्नुपर्ने भएपछि सवारीसाधनको आवेदन अनलाइनबाटै लिने बताएको हो ।
आइतबार सुरु गरिएको लाइसेन्सको अनलाइन आवेदन दुई पाङ्ग्रे सवारीसाधनको लिने तर दैनिक ५ सयवटा मात्रै लिइने यातायात व्यवस्था विभागले बताएको छ ।
सरकारले अगाडि नै लाइसेन्सका लागि अनलाइनबाट आवेदन दिन सकिने बताएपनि आवदेनका लागि आवश्यक प्रविधि र जनशक्ति तयार पार्न नसक्दा तत्काललाई दुई पाङ्ग्रेका लागि दैनिक तोकिएको सङ्ख्यामा मात्रै आवदेन दिन सकिने भएको हो ।
यातायात व्यवस्था विभाग
लाईसेन्स आवेदन