पत्रकारसँग माफी मागिन् गाजलु नायिका सृष्टी श्रेष्ठले
पुस १० । केही महिनाअघि फिल्म ‘गाजलु’ को रिलिजको क्रममा नायिका सृष्टी श्रेष्ठले एक पत्रकारसँग गरेको विवादले सामाजिक सञ्जालमा निकै चर्चा पायो । उक्त पत्रकारसँग आफूले पछि व्यक्तिगत रुपमा माफी मागेको सृष्टीले बताएकी छिन् ।
एक अन्तवार्तामा कुरा गर्दै सृष्टीले आफूले उक्त पत्रकारलाई पछि फेसबुकमार्फत सम्पर्क पाएर माफी मागेको र अहिले उनीहरुबीच राम्रै सम्बन्ध भएको बताइन् ।
फिल्म गाजलुको प्रचाराको लागि चितवन पुगेकी सृष्टीलाई पत्रकारले मिस नेपालको भएर फिल्म खेल्ने रहरमात्र भएर फिल्म लाइनमा आएको हो भन्ने प्रश्नमा रिसाउँदै सृष्टीले पत्रकारलाई सर्वप्रथम आफ्नोबारेमा पूर्ण रुपमा जानकारी राखेर मात्र प्रश्न गर्न बताएकी थिइन् ।
पछि आफैले उक्त भिडियो हेरेर नराम्रो लागेका कारण उक्त पत्रकारको सम्पर्क पत्ता लगाएर माफी मागेको सृष्टीले बताइन् । पहिलो फिल्म ‘गाजलु’ बाट प्रशंसा बटुलेकी सृष्टी आफ्नो देस्रो फिल्म ‘रोमियो एण्ड मुना’ को सुटिङमा व्यस्त छिन् ।
shristhi shrestha