जुडोका दुई खेलाडी घाइते
पुस–१० । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत अाइतबार भएको खेलमा जुडोका दुई खेलाडी घाइते भएका छन् । धुलाबारीस्थित पासाङल्हामु हलमा खेल्ने क्रममा सुदूरपश्चिमका खेलाडी घाइते भएका हुन् ।
घाइते हुनेमा कम्मानसिंह विष्ट र शेखा श्रेष्ठ रहेका छन् । विष्ट ५५ किलोमुनि तौल तथा श्रेष्ठ ६३ किलोमुनि तौलमा भिड्ने क्रममा घाइते भएका हुन् ।
विष्टको घुँडामा तथा श्रेष्ठको छातीमा चोट लागेको छ । दुबै खेलाडी कैलालीका हुन् । घाइते दुबैको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको सो अस्पतालका चिकित्सक डा निराजन प्रसाईले जानकारी दिएका छन् । रासस
जुडो
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता