समाज

गाई मारेको विरोधमा सुदूरपश्चिम जिल्ला बन्द

गाई मारेको विरोधमा सुदूरपश्चिम जिल्ला बन्द
पुस–१० । कैलालीको गोदावरी वनमा गाई मारेर फालेको विरोधमा सुदूरपश्चिमका जिल्ला आइतबार बन्द भएको छ । गएको मंगलबार वनमा २५ वटा गाईगोरु मृत अवस्थामा भेटिएपछि हिन्दुवादी संगठनले बन्द आह्वान गरेका हुन् । बन्दकर्ताले गाईको हत्यामा संलग्न हुनेको खोजी गरी कडा कारबाही माग गर्दै धनगढी, अत्तरियालगायत क्षेत्रमा प्रदर्शन पनि गरेका छन् । बन्दका कारण यस क्षेत्रमा यातायात, व्यवसाय सबै ठप्प रह्यो । कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेका छाडा गाइगोरु व्यवस्थापन गर्ने भन्दै उक्त गाईगोरुहरु गोदावरी पु¥याएको बताइएको छ । घटनाका सम्बन्धमा चौपाया ढुवानी गरी गोदावरी पुर्याउने ट्रकका चालकसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

कैलाली गाई

विशेष