Technology

नेपाल वायुसेवा निगमलाई सोचेको भन्दा सस्तोमा नयाँ विमानको प्रस्ताव

नेपाल वायुसेवा निगमलाई सोचेको भन्दा सस्तोमा नयाँ विमानको प्रस्ताव
पुस–१० । नेपाल वायुसेवा निगमले नयाँ वर्ष २०७४ अगावै नयाँ एयरबस पाउने भएको छ । निगमले एक हजार घण्टासम्म उडेको जहाज लिने अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको थियो । त्यही विषयमा एएआर कम्पनीले नयाँ विमान नै उपलब्ध गराउने प्रस्ताव गरेको छ । प्रस्ताव पछि निगमको सञ्चालक समिति समक्ष प्राविधिक समितिले एएआर कर्पोरेसनसँग जहाज गर्ने सिफारिस पनि गरेको छ । सञ्चालक समितिले सिफारिसको आधारमा निर्णय गरे निगमले नयाँ जहाज पाउने सम्भावना देखिएको छ । वायुसेवा निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी ‘ए ३३०–२००’ जहाज खरिदका लागि खोलेकोे टेण्डरमा १० वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । ती सबै मध्ये एएआरले सबैभन्दा सस्तोमा नयाँ विमान उपलब्ध गराउने प्रस्ताव ल्याएको हो । वायु निगमले दुईवटा एयर बसलाई २५ अर्ब रुपैयाँसम्म पर्ने अनुमान गरेको थियो । तर एएआरले करिब ११ अर्ब २८ करोडमा नै जहाज उपलब्ध गराउने प्रस्ताव पेश गरेको पछि निगमले सिफारिस गरेको हो । प्रस्ताव पूरा भए चैतभित्र विमान उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले गरेको छ ।

एएआर कम्पनी नेपाल वायुसेवा निगम

विशेष