समाज

पाँच सयको बाजी जित्न मस्र्याङ्दीमा हेलिएका घिमिरे बेपत्ता

पाँच सयको बाजी जित्न मस्र्याङ्दीमा हेलिएका घिमिरे बेपत्ता
पुस–१० । पौडिएर मस्र्याङ्दी तर्ने क्रममा आइतबार एकजना बेपत्ता भएका छन् । लमजुङ जिल्ला बेँसीसहर नगरपालिका–७ का ४० वर्षीय राजु घिमिरे नदी पार गर्नेक्रममा आइतबार बेपत्ता भएका हुन् । आइतबार बिहान १० बजे स्थानीय पद्म घिमिरे र राजु घिमिरेबीच पौडिएर नदी पार गर्ने विषयमा बाजी परेको थियो । उनीहरुबीच यदि नदी पार गर्नेले रु ५०० बाजी मार्ने र नदी पार गर्न नसक्नेले रु ५०० दिने गरी बाजी परेको बुझिएको छ । बाजीबमोजिम राजु मस्र्याङ्दीमा पौडिन होमिएका थिए । नदीको बीचसम्म पौडिएका घिमिरे त्यसपछि पौडिन नसकेपछि मस्र्याङ्दीले बगाएको हो । राजु नदी पार गर्न नसकी बेपत्ता भएपछि उनका साथी पद्म घिमिरेले प्रहरीलाई राजु नदीमा बेपत्ता भएको जानकारी गराएका थिए । बेपत्ता घिमिरेको खोजीकार्य भइरहेको र हालसम्म कुनै पत्तो नलागेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा पनि उनीहरु आज बिहानैदेखि मदिरा सेवन गरी बसेको र नदी पार गर्ने विषयमा दुईजनाबीच बाजी पनि परेको बुझिएको प्रहरीले जनाएको छ । घिमिरे स्थानीय शिक्षकसमेत हुन् । रासस

बेपत्ता मस्र्याङ्दी

विशेष