समाज

माधव नेपालको घरमै पुगेर परराष्ट्र मन्त्रालयले माफी माग्यो

माधव नेपालको घरमै पुगेर परराष्ट्र मन्त्रालयले माफी माग्यो

पुस ११ । परराष्ट्र मन्त्रालयले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उनकी श्रीमती गायत्री नेपालसँग आफूहरुको कमजोरीका कारण दुःख भएको भन्दै माफी मागेकोे छ ।

नेपाल दम्पत्ती अमेरिकाबाट नेपाल फर्किएलगत्तै परराष्ट्र सचिव शंकरदास बैरागी, राहदानी विभागका प्रमुख सुशील लम्साल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललयायतका अधिकारी नेपाल निवास कोटेश्वर पुगेर माफी मागेका हुन् ।

गायत्रीले बोकेको कुटनीतिक पासपोर्ट नक्कली भएको भन्दै अमेरिका जाने क्रममा टर्कीको इस्तानबुल विमानस्थलमा गायत्रीलाई अध्यागमनका अधिकारीहरुले नियन्त्रणमा लिएका थिए भने पछि नेपाली अधिकारीहरुको सक्रियतामा छाडिएको थियो । -अन्नपूर्ण

Madav Nepal

विशेष