साफ महिला फुटबल च्याम्पियनसिप आजबाट सुरु, नेपालले भूटानको सामना गर्ने

[caption id="attachment_47396" align="alignnone" width="750"]
फोटोः एन्फा [/caption]

पुस ११ । साफ महिला फुटबल च्याम्पियनसिपको चौथो संस्करण आजबाट भारतको सिलिगुढीमा हुँदैछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । यसअघिका तीन संस्करणको फाईनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित नेपाल यसपटक पनि उपाधि जित्ने लक्ष्यका साथ भारत पुगेको छ ।
नेपालका प्रशिक्षक कुमार थापाले यसपटक नेपाली टोली पहिलेभन्दा पनि उच्च तयारी र मनोबलका साथ प्रतियोगिता खेल्न लागेकोले उपाधि जितेरै देश फर्कीने बताएका छन् ।
नेपालले प्रतियोगिताको समुह चरणमा भुटानसँगै माल्दिभ्स र श्रीलंकासँग खेल्नेछ । अर्को समुहमा भारत अफगानिस्तान र बंगलादेश रहेका छन् ।
सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा यसअघिका तीन वटै संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । उक्त प्रतियोगितामा पाकिस्तानले भने भाग लिएको छैन ।
Woman Football women saff championship