ट्रम्पको उदयसंगै अमेरिका जाने नेपालीले भिसा पाएनन्, निवेदन दिएका मध्ये ४९ प्रतिशको भिसा अस्वीकार
पुस ११ । २०१६ मा अमेरिकाका लागि पर्यटक भिसा (बी भिसा) का लागि आवेदन दिने नेपालीमध्ये ४९.५४ प्रतिशतको भिसा अस्वीकार गरिएको छ । विगत पाँच वर्षयता नेपालीहरूको यति धेरै पर्यटन भिसा अस्वीकार गरिएको यो पहिलोपटक हो ।
यसअघि सन् २०१५ मा ४२.१९ प्रतिशत, सन् २०१४ मा ३८.२ प्रतिशत, सन् २०१३ मा ४६.४ प्रतिशत र सन् २०१२ मा ४९.४ प्रतिशत नेपाली आवेदकको लागि बी भिसा प्रदान गर्न अस्वीकार गरिएको थियो ।
सन् २०१६ मा ५०.४६ प्रतिशत नेपालीले पर्यटन भिसा पाए पनि संख्यामा कति नेपालीले पाए, त्यो तथ्यांक भने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छैन ।
US Embassy Nepal