समाज

भूलेर पनि नसुनाउनुहोस् आफ्ना गोप्य कुरा यी ६ व्यक्तिलाई आफैलाई घाँडो होला

भूलेर पनि नसुनाउनुहोस् आफ्ना गोप्य कुरा यी ६ व्यक्तिलाई आफैलाई घाँडो होला
महाभारतमा लेखिएअनुसार यी निम्न व्यक्तिहरुलाई भूलेर पनि आफ्ना गोप्य कुरा भन्न हुँदैन । आफ्नो गोपनीयता बचाइ राख्नका लागि यस्ता कुरा जानी राखौँ । १) स्त्री — नारी जातीको स्वभाव चञ्चल हुन्छ । केटी मान्छेको पेटमा केहि कुरा पनि टिक्दैन भनेर पनि धेरै सुनिदैँ आइरहेको हो । कुनै न कुनै समयमा नारीको मुखबाट कुनै पनि गोप्य कुरा फुत्किने भएकाले नारी जातीलाई त्यस्ता गोप्य कुरा नै भन्न नहुने महाभारतमा उल्लेख छ । २) मुर्ख — यस्तो व्यक्तिलाई मुर्ख भनिन्छ जसलाई राम्रो, नराम्रो, आफ्नो, पराई, साथी या दुशमनबारे केही भेउ हुँदैन । यस्ता व्यक्तिलाई केही गोप्य कुरा भन्यो भने कुनै न कुनै समयमा उक्त कुरा भनिदिने सम्भावना हुन्छ । त्यसकारण मुर्ख व्यक्तिको अघि केही गोप्य कुरा नगर्नु नै उचित हुन्छ । ३) बालक — महाभारतले सकभर बालकको अघि गोप्य कुरा नगर्न सुझाउँछ । किनभने बालकलाई कसको अघि के बोल्ने भन्नेबारे राम्ररी थाहा हुँदैन । यसकारण बच्चाको अघिल्तीर गोप्य कुरा नगरेकै उचित हुन्छ । यदि आफ्नो वरिपरि बच्चा छन् भने हामीले राम्ररी सोचेर मात्र कुरा गर्नुपर्ने हुन्छ । ४) लोभी- यदि कोहीमानिस लोभी छ भने उसका अघि पनि गोप्य कुरा भुलेर पनि नगर्नुस् । लोभी व्यक्तिहरु आफ्नो स्वार्थपूर्तिका लागि जे पनि गर्न तयार हुन्छन् । यदि कोही व्यक्तिसँग कुनै प्रकारको रिसिबी भएमा त्यस्ता व्यक्तिले गोपय कुरा भंग गरिदिन बेर लगाउँदैनन् । ५) नीच पुरुष-  खराब काम गर्ने निच स्वभावका पुरुषसँग पनि गोप्य कुरा गर्नु हुँदैन । चोरी, डकैती, जस्ता आपराधिक काम गरेर नोक्सान पुर्याउने पुरुषले आफ्नो फाइदाको लागि जे पनि गर्छन् । त्यसकारण यस्ता व्यक्तिबाट टाढै रहेको उचित हुन्छ । ६) पागलपनको लक्षण भएका व्यक्ति- यस्ता मानिसहरु मानसिक रुपमा पागल नभएपनि कहिलेकाहीँ गर्नै नहुने पागल काम गरिदिन्छन् । त्यस्ता व्यक्तिहरुको स्वभावबाट बेलैमा सचेत भएर गोप्य कुरा नभनेकै जाती हुन्छ ।

Keep Quiet

विशेष