साफ महिला फुटबलमा नेपाल र भुटान भिड्दै

पुस–११ । नेपाली महिला टोलीले समूह ‘ए’ को पहिलो खेलमा सोमबार भुटानसँग चौथो साफ महिला च्याम्पियनसिपको खेल खेल्दैछ ।
रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपालले समूह चरणमा माल्दिभ्स र श्रीलंकासँग पनि खेल्नेछ । यसअघिका लगातार तीन संस्करणमा उपविजेता बनेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको छ ।
खेल भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा रंगशालामा नेपाली समय अनुसार २ : १५ बाट सुरु भएको छ ।
चौथो साफ महिला च्याम्पियनसिप
नेपाल
भुटान