समाज

केराबारीमा मच्छिन्द्र मेला लाग्ने

केराबारीमा मच्छिन्द्र मेला लाग्ने
पुस–११ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको परापूर्वकालदेखि लाग्दै आएको मोरङ केराबारीको मच्छिन्द्र मेला पुनःसञ्चालनमा आउने भएको छ । पुस १९ गतेदेखि पुस २५ गतेसम्म मेलाको आयोजना गरिने केराबारी व्यापार प्रबन्ध समितिले जनाएको छ । हरेक वर्ष औँसीको पौष पञ्चमीदेखि साता दिनसम्म लाग्ने सो मेला विगत माओवादी द्वन्द्वकालमा शान्ति सुरक्षाको अभावका कारण लाग्न सकेको थिएन । केराबारीको पहिचानका रुपमा स्थापित सो मेला २१ वर्षपछि पुनःलगाउने तयारी गरिएको आयोजक केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष चुरानसिंह विकले बताए। अध्यक्ष विकका अनुसार मेलामा दैनिकजसो राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, विभिन्न जातजातिको झाँकी, स्थानीय कृषिजन्य वस्तुको प्रदर्शनीका साथै मनोरन्जनात्मक खेलकुद तथा बालउद्यान राखिनेछ । तत्कालीन समयमा खदम खोलाको बगरमा मेला लाग्दै आएको सो मेलालाई विकृति विसङ्गतिरहित बनाउँदै अगाडि बढाउने उद्देश्यले स्थानीय धार्मिक सांस्कृतिक कृषि प्रवद्र्धन गर्न केही परिमार्जन गरिने विकले बताए । रासस

मच्छिन्द्र मेला मोरङ

विशेष