देश

बस जलेर नष्ट

बस जलेर नष्ट
पुस - ११ । बाँकेकाे कोहलपुर नगरपालिकादेखि तीन किलोमिटर पूर्व रोहिणी खोला नजिकै एउटा यात्रुबाहक बस जलेको अवस्थामा फेला परेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको रोहिणी खोला नजिकै ना ५ ख ३३२९ नम्बरको बस जलेर नष्ट भएको अवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। आगलागी भएको बसमा बस चालक र यात्रु कोही पनि नभएकाले बसमा आगलागी भएको हो वा गरिएको हो भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ। बसको मालिक को हो भन्ने समेत पत्ता नलागेको कोहलपुर प्रहरीले जनाएको छ।

बस जलेर नष्ट रासस

विशेष