मनोरञ्जन

तीन दिनमा १०० करोडको बक्सअफिसमा ‘दंगल’

तीन दिनमा १०० करोडको बक्सअफिसमा ‘दंगल’
पुस–११ । बलिउड फिल्म ‘दंगल’ ले रिलीज भएको तीन दिनमै १०० करोडभन्दा बढी कमाई गरेको छ । आमिर खानद्वारा अभिनित ‘दंगल’ फिल्मले रिलीज भएको तीन दिनमै बक्स अफिसमा १०६ करोड ९५ लाख भारतीय रुपैयाँ कमाउन सफल भएको हो । पहिलो दिन शुक्रबार फिल्मले २९ करोड ७८ लाख कमाएको थियो । त्यस्तै दोस्रो दिन शनिबार ३४ करोड ८२ लाख र तेस्रो दिन आइतबार ४२ करोड ३५ लाख भारु कमाएको हो । भारतीय कुस्तीवाज तथा ओलम्पिक प्रशिक्षक महावीर सिहं फोगटको जीवनीमा आधारित फिल्ममा अलावा फतिमा साना शैख, सान्या मल्होत्रा र साक्षी तनवारको पनि मुख्य भूमिका रहेको छ ।

दंगल बक्स अफिस

विशेष