पदक जिताउने खेलाडीलाई व्यक्तिगत रुपमा पुरस्कार दिने घाेषणा

पुस - ११ । विराटनगरमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीलाई व्यक्तिगत रुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य एकिन्द्र कुँवरले व्यक्तिगत रुपमा नगद पुरस्कार घोषणा गरेका हुन्।
स्वर्ण पदक जित्नेलाई नगद १० हजार, रजत पदक जित्नेलाई नगद पाँच हजार र काँस्य पदक जित्नेलाई नगद तीन हजार रुपैयाँ पुरस्कार दिने केन्द्रीय सदस्य कुँवरले जानकारी दिए। खेलाडीको हौसला बढाउन र उत्प्रेरणा दिनका लागि आफूले व्यक्तिगत रुपमा नगद पुरस्कार दिने घोषणा गरेको कुँवरको भनाइ छ ।
रासस
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता