समाज

प्रसारणमा आएका सामग्री अब प्रेस काउन्सिबाट २४ घण्टा अनुगमन

प्रसारणमा आएका सामग्री अब प्रेस काउन्सिबाट २४ घण्टा अनुगमन
पुस–११ । प्रेस काउन्सिल नेपालले विभिन्न टेलिभिजन, अनलाइन तथा रेडियोमार्फत प्रशारणमा आएका श्रव्य–दृश्य सामग्रीहरुको अब रेकर्ड राख्ने भएको छ । प्रेस काउन्सिल नेपालले करिब डेढ करोड रुपैयाँ खर्च गरेर अनलाइन अनुगमन गर्नसक्ने उच्च प्रविधिको मेसिनबाट तत्कालका लागि १६ टेलिभिजन, २ सय अनलाइन एफएम र ५ सयवटा अनलाइनको अनुगमन गरिने जानकारी काउन्सिलका सूचना अधिकारी दिपक खनालले दिएका छन् । यस उच्च प्रविधिबाट आचारसंहिता उल्लङ्घनको घटनामा कमी ल्याउनु उद्देश्य रहेको छ । यसअघि विद्युतीय सञ्चारमाध्यमको सबै रेकर्ड राख्न सम्भव नभएपनि अब २४ सै घण्टा प्रसारणमा आएका सामग्रीहरुको अभिलेख राखिनेछ । समाचारको विषयलाई लिएर कसैले उजुरी गरेमा प्रमाण नभेटिने समस्या पटक–पटक देखिएको थियो । ‘पहिला उजुरी आएता पनि अडियो नहुनाले र भएपनि अनुगमन समय लामो लिने भएकाले समस्या आउने गरेको थियो । तर यो प्रविधि आएसँगै डाटा आफैसँगै रहने भएकाले अनुगमन छिटो,सहज र प्रभावकारी हुनेछ,’ खनालले भने । उनले यस डाटालाई प्रेस काउन्सिलले नियमित अनुगमन गर्ने बताए । समाचारका विषयमा उजुरी आउँदा मात्रै होइन । समाचार अनुगमन गर्दा आचार–संहिता उल्लंङघन गरेको पाइएमा तुरुन्तै कारबाही अगाडी बढाउनेछौ,’ खनाल भन्छन्,‘डाटा नेपाल प्रेस काउन्सिलको कार्यलयमा रहने भएकाले अनियन्त्रित रुपमा आचार–संहिता मिचेर समाचार प्रशारण गर्ने हरेक संचारमाध्यमलाई कारबाहीको दायरामा ल्याउँछौं ।’

प्रेस काउन्सिल नेपाल

विशेष