खेल

मुकुन्द्रले जिते तीनवटै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक

मुकुन्द्रले जिते तीनवटै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक
पुस - ११ ।  सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष कराते खेलमा सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले स्वर्ण पदक जितेर लगातार तीनवटै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडी भएका छन्। विराटनगरको सहिद रङ्गशालामा भएको पुरुष कराते ६७ किलोको तौलमा उनले स्वर्ण पदक प्राप्त गरेका हुन्। यसअघि पनि उनले पाँचौ‌ं र छेटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेर पर्शुराम बास्तोलासँग आफूलाई बराबरीमा उभ्याएका छन्। यस प्रतिस्पर्धामा सुदूरपश्चिमका मोहम्मद शेख आलमले रजत र नेपाल प्रहरीका भूपेन्द्र खड्का तथा मध्यमाञ्चलका विशाल पौडेलले कास्य पदक प्राप्त गरेका छन् । यस्तै पुरुषको ८४ किलोमुनिको तौलमा नेपाल प्रहरीका दिवस श्रेष्ठले पश्चिमाञ्चलका सुनित घर्तिमगरलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरे। सो खेलमा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्र प्रहरीका भीमबहादुर तामाङ तेस्रो स्थानमा रहेका छन् । त्यस्तै महिलातर्फ ६८ किलोको तौलमा सशस्त्र प्रहरीकी कल्पना बस्नेतले स्वर्ण पदक प्राप्त गरेकी छिन् । उनले नेपाली सेनाकी रीता कार्कीलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् । मध्यमाञ्चलकी रोजिता रङ्जित र नेपाल प्रहरीकी मनिता मोक्तानले कास्य पदक पाएकी छिन् ।    

कराँते मुकुन्द्र महर्जन सातौँ राष्ट्रिय खेलकुद

विशेष