दौडमा सेनाको वर्चस्व

पुस - ११ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको दौड प्रतियोगितामा आज नेपाली सेनाले दुई वटा स्वर्ण पदक प्राप्त गरेका छन्।
आठ सय मिटरको दौडमा महिलातर्फ नेपाली सेनाकी सरस्वती भट्टराई र पुरुषतर्फ नेपाली सेनाकै सोमबहादुर कुमालले स्वर्ण पदक प्राप्त गरेका हुन् । भट्टराईले २ मिनेट १९ दशमलव ४२ सेकेन्डमा र कुमालले २ मिनेट २ दशमलव ४७ सेकेन्डमा सो दौड पूरा गरेका थिए ।
यसैगरी महिलातर्फ नेपाली सेनाकी सानुमाया कार्कीले २ मिनेट २५ दशमलव ५६ सेकेन्डमा र पुरुषतर्फ नेपाली सेनाकै जीवन चौधरीले २ मिनेट ४ दशमलव ७१ सेकेन्डमा सो दौड पूरा गरेर रजत पदक प्राप्त गरेका छन् ।
त्यस्तै, महिलातर्फ पश्चिमाञ्चलकी सीमाकुमारी चौधरीले २ मिनेट ३१ दशमलव ६२ सेकेन्डमा र पुरुषतर्फ सशस्त्र प्रहरीका हिक्मत कार्कीले २ मिनेट ४ दशमलव ८७ सेकेन्डमा सो दुरीको दौड पूरा गरेर कास्य पदक जितेका हुन् ।
रासस
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता