मनोरञ्जन

यसकारण ठमेल बजारकी सुन्दरीको ट्याटु हटाइयो

यसकारण ठमेल बजारकी सुन्दरीको ट्याटु हटाइयो

पुस ११ । निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट २’ को ठमेर बजाार बोलको गीतले कलिउड तताएको छ । गीतमा नृत्य प्रस्तुत गर्ने एलिसा राईले पनि आफ्नो नृत्यबाट सबैलाई तरंगीत बनाएकी छिन् । गीतको भिडियो नियाल्दै जाने हो भने त्यहाँ गीतको शुरुमा एलिसाको कम्मरमा देखिएको ट्याटु गीत आधा भएपछि ट्याटु आफैँ हराउँछ । यसलाई धेरै दर्शकहरुले मजाक पनि बनाएका थिए । तर त्यो ट्याटु कसरी मेटियो भन्नेबारे एलिसा आफैँले स्पष्ट पारेकी छिन् । एक अनलाइनलााई अन्तर्वाता दिँदै एलिसाले लुट २ को उक्त गीतको सुटिङमा धेरै दुःख भएको बताइन् । सुटिङको समयमा नाच्नेबेलामा लाइटको तापले उनको शरीरबाट यती धेरै पसिना आउँथ्यो पसिनाले उनको डुप्लिकेट ट्याटु नै पखालीदिएको थियो । फिल्म रिलिजअघि नै उक्त गीतले दर्शकको चाप ह्वात्तै बढाइदिए पछि फिल्म लुट २ बाट दर्शकले धेरै आशा गरेका छन् । फिल्म फागुन १३ मा रिलिज हुने बताइएको छ ।

ट्याटु ठमेल बजार

विशेष