खेल

राष्ट्रिय खेलकुदको आर्चरी तर्फ कास्की विजयी

राष्ट्रिय खेलकुदको आर्चरी तर्फ कास्की विजयी
पुस–११ । उदयपुरको गाईधाटमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत भएको आर्चरी प्रतियोगिता कास्की आर्चरी क्लबले जितेको छ । गाईघाटस्थित थारुहट रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा कास्कीले ५ स्वर्ण, २ रजत र ३ कास्य पदक गरी १० पदकका साथ जित हासिल गरेको हो । यस्तै ३ स्वर्ण, ४ रजत र १ कास्य गरी ८ पदकका साथ त्रिभुवन आर्मी क्लबले दोस्रो र १ स्वर्ण, १ कास्य पदकसहित स्वयम्भु आर्चरी क्लबले तेस्रो स्थान प्राप्त गरेको छ ।

आर्चरी सातौँ राष्ट्रिय खेलकुद

विशेष