खेल

प्रिमियर लिगमा चेल्सीको अपराजित यात्रा कायमै

प्रिमियर लिगमा चेल्सीको अपराजित यात्रा कायमै

पुस १२ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार १२ औं जित हात पारेको छ । सोमबार राति भएको खेलमा बर्नमाउथलाई ३–० ले हराउँदै चेल्सीले लगातार १२ औं जितको कीर्तिमान बनाएको हो । चेल्सीलाई विजयी गराउन पेड्रोले दुई गोल गरे भने एडिन हाजार्डले एक गोल थपे । जितसँगै चेल्सीले अंक तालिकाको अग्रतालाई झनै फराकिलो पारेको छ ।

प्रिमियर लिगअन्तर्गत गए रातिनै भएको अर्को खेलमा आर्सनलले वेष्ट ब्रोमलाई १–० ले हराउँदा म्यानचेस्टर युनाईटेडले सण्डरल्याण्डलाई ३-१ ले पाखा लगायो ।

यसैगरी म्यान्चेस्टर सिटीले हल सिटीलाई ३–० ले हराउँदा एभर्टनले लेष्टर सिटीलाई २–० ले पराजित र्गयो । वेष्ट ह्याम युनाईटेडले स्वान्सी सिटीलाई ४–१ ले पराजित गर्दा बर्नलेले मिडिल्सब्रोमाथि १–० को जित निकालेको छ । सोमबार रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ४६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ ।

समान खेलबाट ३९ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको लिभरपुल ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ । लिभरपुलले आज राति स्टोक सिटीसँग खेल्नेछ ।

english premer ledgue

विशेष